LISTEN LIVE RADIO

दाङकाे घोराही–तुलसीपुर सडक बनाउन संचारमन्त्री शर्मा र अर्थमन्त्रीबीच छलफल



दाङ ८ माघ । सूचना तथा संचारमन्त्री रेखा शर्माले अर्थमन्त्री बिष्णु पौडेलसँग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबिबिएस पढाइ संचालन गर्न र अलपत्र रहेको घोराही तुलसीपुर चारलेन सडक निर्माणका बिषयमा छलफल गरेकी छिन् ।

अर्थमन्त्री बिष्णु पौडेल निवासमा आज दुबै पक्षका बिच छलफल भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएको लामो समय बितिसक्दा पनि पढाई संचालन नभएको बताउँदै त्यसका लागि आवश्यक पर्ने बजेट र प्रतिष्ठानलाई चाहिने जग्गा ब्यवस्थापन गर्ने विषयमा छलफल भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसका साथै अलपत्र परेको घोराही –तुलसीपुरको चारलेन सडक निर्माणका विषयमा कुराकानी भएको थियो । ठेकेदारले समयमै काम नगर्दा ठुलो जनधनको क्षति भएको बताउँदै तत्काल सडक बनाउँने विषयमा कुन उपाय अवलम्बन गर्न सकिन्छ भनेर छलफल भएको थियो ।

घोराही तुलसीपुर सडक बनाउन खनिएको खाल्डोमा परि हालसम्म २५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे