LISTEN LIVE RADIO

सिद्धार्थ होटल ग्रिन लमहीको लुम्बिनी प्रदेशका मन्त्री आचार्यद्वारा उद्घाटन



सिद्धार्थ होटल ग्रिन लमहीको लुम्बिनी प्रदेशका मन्त्री आचार्यद्वारा उद्घाटन

लमही २९ पुस । दाङको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा रहेको सुविधा सम्पन्न सिद्धार्थ होटल ग्रिनको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी लमही नगरपालिका ५ रातोडाँडामा सिद्धार्थ होटल ग्रिन लुम्बिनी स्थापना भए सँगै शुक्रबार लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री समेत रहेका प्रवक्ता चेतनारायण आचार्यले रिवन काटेर होटलको उद्घाटन गरेका हुन् । सिद्धार्थ होटल ग्रिन लुम्बिनी र लमही नगर विकास समिति संग होटल संचालन गर्नका लागि ३० वर्षको सम्झौता भएको अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिएका छन् ।

साढे १७ कट्ठा क्षेत्रफलमा बनेको यस होटलले नगरविकास समितिलाई वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्ने छ । त्यसैगरी अहिले सम्म होटलको व्यवस्थापनमा २० करोड रुपैयाँ खर्च भैसकेको र अझै २५ करोड खर्च लाग्ने अनुमान गरिएको भण्डारीको भनाई रहेको छ ।

होटलमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, १ हजार भन्दा बढी सम्म अट्ने फरक फरक सभाहल र मिटिङ रुम रहेका छन् । त्यस्तै पारिवारिक वातावरण भएको रेष्टुरन्ट, प्राईभेट डाईनिङहल, बार, स्विमिङ्ग पुल, स्पा लगाएतका सेवाहरु पुस २९ गते शुक्रवार देखि संचालन हुने बताइएको छ । भने निकट भविष्यमा ४२ वटा सुविधायुक्त कोठा, जिम, हेल्थ क्लब, साथै चार तारे होटेलको सुविधा दिईने योजना रहेको छ ।

पुर्व पश्चिम राजमार्गको मध्य भागमा पर्ने लमहीमा रहेको यस होटेलले मेची देखि महाकाली, हिमाल देखी तराई, र बिदेशी पर्यटकहरुलाई समेत देउखुरी क्षेत्रको पर्यटकिय स्थलको चिनारी यहाँको मौलिक कला संस्कृति, स्थानीय खानाका परिकारहरुलाई समेत प्राथमिकता दिई आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा अगाडी बढाउने योजना रहेको होटेलका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले जानकारी दिएका छन् ।

लुम्बीनी प्रदेशमा होटेल व्यवसायलाई थप गुणस्तरिय बनाउने उदेश्य साथ होटेल व्यवसायमा लगानी गर्दा आएको सिद्धार्थ ग्रपले २०६० साल माघ २३ गते कैलालीको टिकापुरबाट सेवा आरम्भ गरेको होटलले लमहीमा संचालित सिद्धार्थ होटल ३१ औं शाखाको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे