LISTEN LIVE RADIO

दाङको नरदेवी मावि तेघरामा १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण



दाङको नरदेवी मावि तेघरामा १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दाङ २९ पुस । घोराही उपमहानगरपालिका ९ स्थीत नरदेबि माबि तेघरामा पुर्व बिद्यार्थी बन्दना शाहाले बिद्यालयलाई १५ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेकी छन् ।
बिद्यालयबाट २०५८ सालमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेकी शाहाले आफुले अध्ययन गरेको बिद्यालयका लागि केही गरौँ भन्ने सोचका साथ यसखालको सहयोग गरेको बताइन् ।

बालबालिकाको शैक्षिक तथा खेल क्षेत्रको बिकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ किन्डर हिल नेपाल संस्था मार्फत आज बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको हो । बास्केट बलको कोर्ड निमार्ण, टेवल टेनिसका सामग्री, भलिवल, फुटवल तथा शारिरीक व्यायामका सामग्रीहरु बिद्यायलका प्रधानाध्इापक कमल खड्का र बिव्यस अध्यक्ष खिमबहादुर केसीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा किन्डर हिल नेपालका अनुपबिक्रम शाहाले नेपालका बिभिन्न बिद्यालयहरुमा सहयोग गर्ने क्रममा आज घोराही ९ मा रहेको नरदेबि माबि तेघरामा यसखालको सहयोग हस्तान्तरण गरिएको र यसबाट बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको बिकासमा टेवा पुग्ने बताए ।

२०१३ सालमा स्थापना भएको नरदेबि माबि तेघरामा ६ कक्षासम्म अग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । १२ कक्षा सम्म पढाइ हुने बिद्यालयमा ६ सय बढि बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष खिमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक राजेन्द्रप्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे