कोइलाबासकाे अन्तरखोला जंगलबाट एकनाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार बरामद



कोइलाबासकाे अन्तरखोला जंगलबाट एकनाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार बरामद

भालुवाङ ९ मंसिर । कोइलाबासकाे अन्तरखोला जंगलबाट एक नाल भरुवा बन्दुक सहित विभिन्न हात हतियार बरामद गरिएकाे छ । नेपाल भारत सिमा क्षेत्र अन्तर्गत  गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास स्थित अन्तरखोला जंगलबाट सोमबार विहान ६ बजे प्रहरीको संयुक्त गस्ती टोलिले रोड ब्लक तथा खोजी कार्वाहीमा लोड गरिएको एकनाल भरुवा बन्दुक, ६ वटा छर्रा (गोली), कैची एक थान, सिंयो एकथान, बारुद दुई डिब्बा, पटका चार थान र झोला एकथान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झविन्द्र परियार र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलको कमाण्डमा खटिएको संयुक्त टोलीले लुकाइ राखेको अवैध लोड गरिएको एकनाल भरुवा बन्दुक सहित ती हतियार बरामद गरेको हाे ।

उनका अनुसार उक्त अवैध हातहतियार बरामद गरि जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार जंगली जनावरलाई पासो राखेको अनुमान गरेका छौ तर पनि सिमा क्षेत्र भएकोले कोहि कसैले गलत क्रियाकलाप गर्न पनि सक्छ भनेर अनुशन्धान गरिरहेको बताए ।

यस भन्दा अगाडि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नाकाबाट बाट ५२ वटा अवैध खसि र लोड गरिएको एकनाल भरुवा बन्दुक सहित विभिन्न हातहतियार बरामद गरि सकेको छ । केही दिन अघि पनि कोइलाबास सशस्त्र प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोलि, बारुद बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे