गढवाका बिद्यालयहरुको अनुगमन



गढवाका बिद्यालयहरुको अनुगमन

शिबराज पन्थी, गढवा ९ मंसिर ।

कोभिड १९ को महामारीबाट बिद्यालयहरुले के कस्तो सतर्कता अपनाएर पठनपाठन गरेका छन् भन्ने बिषयमा सोमवार गढवा गाउँपालिकाको शिक्षाशाखाले बिभिन्न बिद्यालयहरुको स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा शिक्षा शाखाका प्रमुख श्याम बिक र गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले कोभिड १९ बाट बिशेष सतर्कता अपनाएर पठन-पाठन कार्यलाई अगाडी बढाउन बिद्यालयका प्रअहरुलाई आव्हान गरेका थिए ।
अनुगमनको क्रममा केही बिद्यालयहरुमा सामाजिक दुरी कायम नगरेरै पठनपाठन गराएको, सबै बिद्यार्थीहरुले मास्कको उचित प्रयोग नगरेको र कतिपय बिद्यालयहरुमा शिक्षकहरुले कक्षाकोठामा पढाउने बेला समेत मास्क नलगाएको पाईएकोले सतर्कता अपनाएर पठनपाठन गर्न सुझाव दिइएको शिक्षाशाखाका प्रमुख श्याम बिकले जानकारी दिए । टोलीले कोरोना महामारीको बेला विद्यालय हाजिरीको प्रयोग भएको पाइएको भन्दै सो को प्रयोग नगर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे