लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई गढवाले औपचारिक, लमहीले सञ्चार माध्यमको प्रयोग गर्दा राप्तीको कार्यक्रम अन्यौलमा



लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई गढवाले औपचारिक, लमहीले सञ्चार माध्यमको प्रयोग गर्दा राप्तीको कार्यक्रम अन्यौलमा

शिबराज पन्थी, गढवा ९ मंसिर ।

देउखुरीको गढवा गाउँपालिकाले लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने यसबर्षको मुल नाराकासाथ मंसिर १० गतेबाट देशब्यापि रुपमा सुरु हुन थालेको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम तयगरि सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा उपाध्यक्ष शान्ती चौधरी, महिला जनप्रतिनिधीहरु र सरोकारवाला संघसंस्थाको संयुक्त बैठकबाट ११ दिने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।

जस अनुसार कोभिड-१९ को साबधानी अपनाउदै मंसिर १० गते गढवा बजारमा र्याली सहितको प्रदर्शन गरिने भएको छ भने १२ गतेदेखि सबै वडाहरुमा अभिमुखिकरण सचेतना सुरु गरिने भएको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिइन् । तय भएको कार्यक्रम अनुसार वडा नं. ६ को खबरीखुटीमा मंसिर १२ गते, वडा नं. २ को चिमचिमेमा मंसिर १३ गते, वडा नं. ३ को माधवपुरमा मंसिर १४ गते, वडा नं. ४ को पर्सेनीमा मंसिर १५ गते र वडा नं. ५ को जमुनीबासमा मंसिर २० गते अभिमुखिकरण कार्यक्रम गरिने भएको छ ।

त्यसै गरि वडा नं. १ को रङसिङमा मंसिर १८ गते, वडा नं. ७ को चन्दनपुरमा मंसिर १७ गते र वडानं. ८ कोइलाबासमा मंसिर १६ गते वडा स्तरका कार्यक्रमहरु गरिने भएको छ । जसका लागि क्रमशः मधा न्यौपाने, सनि केसी, चञ्चला चौधरी, कमला आचार्य, जया बिश्वकर्मा, मिना गुरुङ, मिना चौधरी र बिष्णुदेवी कुवरलाई वडागत इन्चार्ज तोकिएको बैठकपछि महिला तथा बालबालिका शाखा हेर्ने कर्मचारी सुरेश पौडेलले जानकारी दिएका छन् । बैठकमा स्थानीय जनप्रतिनिधि, संघसंस्था एवं अन्य सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

यसै बिच लमही नगरपालिकाले यस बर्षको लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचार प्रबिधिको माध्यमबाट मनाउने भएको छ । कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो बर्षको १६ दिने अभियानको क्रममा ठुला र्‍याली, जुलुश नगरि समाजमा हुने लैङगिक हिंसाको रोकथाम र नियन्त्रणका लागी प्रबिधिको प्रयोग गरि जनचेतनामुलक सन्देशहरु स्थानीय स्तर सम्म पुर्‍याउने गरि स्थानिय रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत लैङगिक हिँसा बिरुद्धको जानकारी मुलक सन्देशहरु प्रसारण गर्ने निणर्य गरिएको छ ।
त्यसका साथै नगरपालिकाका ९ वटै वडाहरुका सबै गाउँमा माईकिङ मार्फत पनि लैङगिक हिसाको बिरुद्धमा जानकारीमुलक सन्देश प्रवाह गरि जागरुक गराउने भएको छ ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकले कार्यक्रम सम्पन्न गर्नका लागी लमही नगरपालिकाका उप प्रमुख देबका बेलबासेको सयोजकत्वमा बिभिन्न सरोकारवाला निकायका महिलाहरु सहितको समिति गठन गरेको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म मनाईने महिला हिँसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । यो बर्ष “लैङगिक हिँसा अन्त्यको प्रतिबद्धता, ब्यक्ती समाज र समुदायको एक्यबद्धता” भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

यता राप्ती गाउँपालिकाले कार्यक्रम गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौल रहेको महिला तथा बालबालिका शाखा प्रमुख जिवनकुमारी जिसीले जानकारी दिएकी छिन् । गाउँपालिका उपाध्यक्ष जिल्ला बाहिर रहेको र आफु विरामी भएको भन्दै कार्यक्रमको टुंगो नलागेको शाखा प्रमुख जिसीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे