अर्चनाबाबा धामद्धारा कोभिड सचेतना सहित मास्क वितरण



अर्चनाबाबा धामद्धारा कोभिड सचेतना सहित मास्क वितरण

शिवराज पन्थी, गढवा ९ मंसिर ।

गढवामा आइतवार कोभिड-१९ सचेतना सहित मास्क वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको बिशेष आतिथ्यमा सम्पन्न एक कार्यक्रममा पिण्डेश्वर महादेव शिबलक्ष्मी अर्चनाबाबा धाम गढवाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कोरोना भाइरसको जोखिमबाट उच्च सतर्कता अपनाउन कार्यालय तथा बजार जाँदा र यातायातका साधनमा सवार गर्दा मास्क तथा सेनिटाइजरको प्रयोग अनिबार्य गर्न कार्यक्रमका सहभागीहरुलाई आव्हान गरिएको थियो ।

धामका निबर्तमान अध्यक्ष लिखराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले कोभीड-१९ बाट बच्न समुदायका मानिसहरुले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा अर्चनाबाबा धामका उपाध्यक्ष जगनी चौधरी,कोषाध्यक्ष खुसीराम चौधरी, सदस्यहरु सहदेव चौधरी, इन्द्रा चौधरी लगायतले बाेलेका थिए। कार्यक्रमको सहजीकरण आयोजक संस्थाका सचिव गिरीजा चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे