एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी र उपनेतामा आचार्य सर्वसम्मत चयन



एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी र उपनेतामा आचार्य सर्वसम्मत चयन

भालुवाङ १७ पुस । लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

गिरीलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। यस्तै उपनेतामा चेतनारायण आचार्यलाई पनि सर्वसम्मत चयन गरिएको छ। गिरी रुपन्देही २ काे (१) बाट र आचार्य अर्घाखाँची १ काे (१) निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

लुम्बिनीमा एमालेका २९ जना सांसद छन् । ७ दलीय नयाँ गठबन्धनका आधारमा यहाँ एमालेले सरकारको नेतृत्व गर्ने बलियो आधार छ । माओवादीको ९ प्रदेश सभा सदस्य छन् ।

सभामुख र मुख्यमन्त्रीको अवको एक हप्ताभित्र सहमतिमा टुंगो लाग्नेसमेत एमाले नेतासमेत रहेका ढकालले दाबी गरे । ‘अबको एक हप्ताभित्र सभामुख र मुख्यमन्त्रीको टुंगो लाग्छ’, उनले भने, ‘दलहरुको सहमतिको आधारमा यसको निर्णय गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे