लुम्बिनीमा एमाले नेतृत्वकाे सरकार बन्नुपर्छ : महासचिव पोख्रेल



लुम्बिनीमा एमाले नेतृत्वकाे सरकार बन्नुपर्छ : महासचिव पोख्रेल

भालुवाङ १७ पुस । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले लुम्बिनी प्रदेश सरकारमा एमालेको दाबी रहेको बताएका छन् । उनले प्रदेश नम्बर १ पछिको लुम्बिनीमा एमालेको ठुलो बहुमत भएकोले सरकारको नेतृत्व एमालेले गर्न पाउनुपर्ने दाबी गरेका छन् ।

लुम्बिनी प्रदेशका नवनिर्वार्चित सांसदहरुको सपथ ग्रहण कार्यक्रममा आउनु भएका एमाले महासचिव पोख्रेलले सञ्चारकर्मीहरु संग कुरा गर्दै यस्तो बताएका हुन् । उनले जहाँ—जहाँ जुन दलको बहुमत छ, त्यहाँ—त्यहाँ त्यही दलको नेतृत्वमा सरकार बन्ने बिषयमा शिर्ष नेताहरु बीच छलफल भइरहेको बताए ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका एमाले महासचिव पोख्रेलले बिगतमा बनेको पाँच दलीय गठबन्धनले मूलकको समस्या समाधान गर्न नसक्ने पुष्टि भएपछि अहिले मूलकमा नयाँ सात दलीय गठबन्धनको सरकार बनेको बताउँदै उनले अब सात वटै प्रदेशमा अहिले कै गठबन्धनको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरे । कहाँ कुन दलले नेतृत्व गर्ने भन्ने बिषयमा दलहरु बीच छलफल हुन बाँकी रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे