उब्जाउ महिला कृषि सहकारी संस्थाको अध्यक्षमा : पुन खगिसरा चाैधरी



उब्जाउ महिला कृषि सहकारी संस्थाको अध्यक्षमा : पुन खगिसरा चाैधरी

भालुवाङ १७ पुस । उब्जाउ महिला कृषि सहकारी संस्था राप्ती गाउँपालिका- ४ माैरीघाटको अध्यक्षमा पुन खगिसरा चाैधरी सर्वसम्मत निर्वाचित भएकी छिन् ।

संस्थाको आइतबार राप्ती गाउँपालिका ३ मसुरीया स्थित घण्टदेव सामुदायिक वनको परिसरमा आयोजित नवाैं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट चाैधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा पवित्रा चाैधरी, सचिवमा सीता चाैधरी, कोषाध्यक्षमा श्यामकुमारी चाैधरी रहेका छन् । त्यसै गरि सदस्यहरूमा जलावती चाैधरी, लक्ष्मनिया चाैधरी, लक्ष्मी चाैधरी, उमा चाैधरी र सीता कुमाल रहेका छन् । त्यसै गरि अधिवेशनले सावित्रा रावतको संयोजकत्वमा ३ सदस्यीय लेखा उपसमिति र रामजित चाैधरीको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमिति गठन गरिएको छ ।

संस्थाका अध्यक्ष खगिसरा चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा वार्षिक तथा आर्थिक प्रतिवेदन संस्थाकी व्यवस्थापक बुनिता चाैधरीले प्रस्तुत गरेकी थिइन् । शेयर सदस्य गरिमा चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरी र घण्टदेव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दलबहादुर घर्ती मगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सोनकुमारी चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे