सांसद मेटमणी चौधरीद्धारा कालाकाटे गढवा हुलाकी राजमार्गको स्थलगत निरिक्षण 



सांसद मेटमणी चौधरीद्धारा कालाकाटे गढवा हुलाकी राजमार्गको स्थलगत निरिक्षण 

भालुवाङ ८ मंसिर । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कालाकाटे गढवा हुलाकी राजमार्गको सोमबार स्थलगत निरिक्षण गरेका छन् । साे सडक निर्माणको क्रममा विवाद उत्पन्न भएपछी प्रतिनिधि सभा सदस्य चौधरीले राजमार्गको स्थलगत निरिक्षण गरेका हुन् ।

उनले विकास निर्माणका क्रममा विवाद हुनु, झै झगडा हुनु स्वभाविक भएको भन्दै अलमल गरेर समय खेर फाल्न नहुने बताए । डिपिआर गरिए अनुसार सडक निर्माण गर्ने क्रममा स्थानीयले विवाद शुरु गरेपछी केन्द्रिय सदस्य चौधरी हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियर सहितको टोली लिएर हुलाकी राजमार्गको स्थलगत अनुगमन गर्न पुगेका हुन् ।

कालाकाटे देखि गढवा सम्म २० किलोमिटर उक्त हुलाकी राजमार्ग रहेको छ । उक्त सडकमा खासै समस्या नदेखिएको र गढवा देखि जंग्रहवासम्म २० किलोमिटरको दुरीमा केहि समस्या देखिएको सदस्य चौधरीले अनुगमन पछि जानकारी दिए ।

दाङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय गौरवको योजनामा समस्या उत्पन्न भएपछि ईञ्जिनियर सहितको टोलि लगेर स्थलगत अनुगमन गर्न पुगेका उनले विकासको क्रममा समस्या उत्पन्न हुने स्वभाविक कुरा हो । काम गर्ने क्रममा देखिएको समस्यालाई स्थानीयकै विचमा मिलाएर विकासको कामलाई तिब्रता दिनु पर्छ । काम गर्ने क्रममा विरोधको स्वर आउनु स्वभाविक नै हो ।

०७६/८/१ देखि गढवा जंग्रहवा जोड्ने हुलाकी राजमार्गको निर्माणको जिम्मा खड्का कृष्ण प्रालिले लिएको छ । योजनाको काम तीन वर्ष भित्र सक्ने गरि सम्झौता भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज बाँकेका सव इञ्जिनियर तुलसी यादवले बताए । यादवका अनुसार अहिले सडकमा माटो हाल्ने र ग्राभेल गर्ने, पक्की नाला निर्माणको काम भइरहेको छ ।

यता कालाकाटे देखि गढवासम्मको २० किलोमिटर हुलाकी राजमार्गको योजना बज्रगुरू कान्छाराम जेभिले लिएको छ । ०७६/ ७/२९ गते देखि बज्रगुरूले निर्माणको काम सुरु गरेको हो । उक्त कम्पनीले तीन वर्षमा काम सक्ने गरि ठेक्का लिएको छ । अहिले सडक स्टकचर, माटो फिलिङको काम भरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे