दाङमा नदीजन्य पदार्थको उत्खनन् र संकलनमा प्रतिवन्ध



दाङमा नदीजन्य पदार्थको उत्खनन् र संकलनमा प्रतिवन्ध

दाङ ८ मंसिर । जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिवन्ध लगाएको छ । प्रशासकीय अधिकृत अमरराज शर्माले सार्वजनिक सूचना जारी गर्दै जिल्लाका कुनै पनि खानी वा नदी, खोलाबाट ढुंगा, गिट्टी, बालुवाको उत्खनन् तथा संकलन अर्को निर्णय नभएसम्मका लागि पूर्णरुपमा बन्द गरिएको उल्लेख गरेका छन् ।

जिल्लामा रहेका क्रसर तथा वालुवा प्रशोधन उद्योगहरुमा रहेको बस्तुको नापजाँच भइरहेकाले उत्खनन तथा संकलन पूर्णरुपमा बन्द गरिएको उल्लेख छ । साथै प्रशासनले उद्योगमा मौज्दात ढुंगा, गिट्टी र बालुवा बढिमा एक महिनाभित्र उठाइसक्न पनि निर्देशन दिएको छ ।

प्रशासनले गरेको अनुगमनका क्रममा जिल्लाका ११ क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिई सकेको छ । बालुवा प्रशोधनका नाममा क्रसर चलाएको पाईएपछि ति उद्योगहरुलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे