देउखुरीको लालमटियाबाट एक वडा अध्यक्ष सहित ७ जुवाडे पक्राउ



देउखुरीको लालमटियाबाट एक वडा अध्यक्ष सहित ७ जुवाडे पक्राउ

ओमप्रकाश गुप्ता, भालुवाङ ८ मंसिर ।

दाङको देउखुरीबाट आइतवार राती एक वडा अध्यक्ष सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोपाल खत्रीको घरमा वडा नम्बर ३ बस्ने बर्ष २१ का यमबहादुर रानाले संचालन गरेको राप्ती फेम्ली रेष्टुरेण्टमा रकमको हारजित हुने गरी जुवा खेली र खेलाईरहेको भन्ने गोप्य सूचनाको आधारमा आइतवार राती १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट एक वडा अध्यक्ष सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुपेश आले, प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं.३ का ५० वर्षिया चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षिया अल्ली शाह, वडा नम्बर १ का २४ वर्षिया एडिस मिंया, सोही वडाका ४० वर्षिया अक्कबर हुसेन मिंया, वडा नम्बर ३ का ४४ वर्षिया कृष्णबहादुर राना र दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. २ का २१ वर्षिया यमबहादुर राना रहेको प्रवक्ता खड्काले जानकारी दिएका छन् । पक्राउ परेका जुवाडेहरुको साथबाट बिभिन्न दरका नेपाली नोट गरी १ लाख ४६ हजार र जुवा खेल्न प्रयोग भएको १० थान तास गड्डि, १ थान गलैचा बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे