लमहीका सवै वडाका सडक कच्चीबाट पक्की बन्दै



लमहीका सवै वडाका सडक कच्चीबाट पक्की बन्दै

श्रवण बस्नेत, लमही ८ मंसिर ।

लमही नगरपालिका अन्र्तगतका ९ वटै वडाका कच्ची सडकहरु पक्की बनाउने काम सुरु गरिएको छ । नगरपालिकाको कुल ५०÷५० लाखमा उक्त सडकको स्तरउन्नती गर्न थालिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन् । रकम अभावका कारण १ वडामा १ ठाउँमा यस बर्ष बजेट परेको छ ।

अब आगामी बर्षमा पनि क्रमिक रुपमा बजेट बिनयोजन गरेर सबै वडाका टोल टोलमा बनाइएका कच्ची सडक पक्की गर्ने योजना रहेको नगर प्रमुख केसीले बताए । २०७३ सालमा स्थानीय सरकार आएपछि दोस्रो बर्षमा बनेका कच्ची सडकलाई स्तरउन्नती गर्न थालिएको हो । ९ वटा वडामा १÷१ ठाउँमा बजेट परेको छ । अनि कतिपय ठाउँमा संम्पन्न भएका छन् त कतिपय ठाउँमा निर्माण कार्य जारी रहेको नगरप्रमुख केसीको भनाई रहेको छ ।

यसै बिच लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा मोड देखि चैलाही गाउँ सम्म कालोपत्रे हुन थालेपछि बर्षौ देखिको सपना पूरा भएको स्थानीयबासी गुन्जबहादुर खड्काले बताए । हामीले त पहिले देखि आवाज उठाएका थियौं अहिले उक्त सडक कालोपत्रे हँुदै छ म निकै खुसी भएको छु उनले भने ।

पहिले बर्षामा हिलो र गर्मीमा धुलो हुने उक्त सडक बन्न थालेपछि अहिले मेरो मनमा खुसीको सिमानै छैन खड्काले जबाफ दिए । उक्त सडक भएर लमही ४ का वडा अध्यक्षको निवास पनि पर्ने गर्दछ । उनको मात्रै होइन ,सयांै नागरिकहरु हिड्छन् अनि सबलाई पायक पर्ने छोटो रुपको सडक भएकोले सबै नजर उक्त ठाउँमा परेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे