LISTEN LIVE RADIO

देउखुरीकाे श्रीनगरमा ल्हाेसारकाे अवसरमा शुभकामना आदान—प्रदान तथा स्मृति सभाहल उद्घाटन



देउखुरीकाे श्रीनगरमा ल्हाेसारकाे अवसरमा शुभकामना आदान—प्रदान तथा स्मृति सभाहल उद्घाटन

देउखुरी १५ पुस । तमू ल्होसार अथात तमू संम्वत २६०६ औ, बिरालो वर्गको आगमन (बाघ वर्गको बिदाईको अवसरमा गुरूङ राष्ट्रिय परिषद कार्य समिती राप्ती गाउँपालिकाले देउखुरीको साङ्गे छ्योईलिङ श्रीनगर बौद्ध गुम्बा राप्ती गाउँपालिका—८, श्रीनगरमा शुभकामना आदान—प्रदान तथा स्मृति सभाहल उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी श्रीनगर स्थित गुम्बा कार्यसमितिका अध्यक्ष तथा गुरूङ राष्ट्रिय परिषद कार्य समिती राप्ती गाउँपालिका अध्यक्ष लुमबहादुर गुरुङको अध्यक्षता तथा निबर्तमान सहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख अतिथिमा शुभकामना आदान—प्रदान तथा स्मृति सभाहल उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

 

सो अवसरमा बोल्दै पूर्व मन्त्री चौधरी तमूहरुको महान पर्वका् अबसरमा सम्पुणमा शुभकामना ब्यक्त गर्दै गुरुङ्ग समाजमा स्मृतिसभा भबन निमाण गरी महत्वपूणर् योगदान गरेकोमा आभार ब्यक्त गरे । साथै मन्त्री चौधरीले गुम्वा निमाणमा आफ्नो भूमिका रहने समेत बताए । उक्त स्मृति सभाहल बुबा स्व. खडकबहादुर गुरुङ, स्व.आमा दुविसरा गुरूङ, स्व.बुहारी एकमाया गुरूङ एवं स्व. नाति सगुन गुरूङ को पुण्य स्मृतिमा राप्ती गाउँपालिका वडा नम्वर ८ पिपरी निवासी जेठा छोराबुहारी नरबहादुर गुरुङ र सरिदेवी गुरूङले निर्माण गरे ।

गुरूङ महिला राष्ट्रिय परिषद, केन्द्रीय संगठनका सचिव बिष्णु गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिशिष्ट अतिर्थी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, डिभिजन बन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री, राप्ती गाउँपालिका वडा नम्वर ८ का पूर्व वडा अध्यक्ष गोकणर्बहादुर राना, शङ्कर सामुदायिक वन अध्यक्ष तुलाध्वज मल्ल, समाजसेवी बिरबहादुर केसी, समाजसेवी प्रेम केसी र पत्रकार महेश रिजाल लगायतले शुभकामना मन्त्वय ब्यक्त गरेका थिए । कार्यक्रमा बिभिन्न गुरुङ जातीको नृत्य समेत प्रस्तुत गरिएको थियो भने स्मृति सभा गृहका निमाणदाता नरबहादुर गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन मिना गुरूङले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे