LISTEN LIVE RADIO

गुरुङ्ग संस्कृतिलाई आर्थिक रुपान्तरमा बदल्न अध्यक्ष बिष्टको सुझाब



गुरुङ्ग संस्कृतिलाई आर्थिक रुपान्तरमा बदल्न अध्यक्ष बिष्टको सुझाब

भालुवाङ १५ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गुरुङ्ग संस्कृतिलाई आर्थिक रुपान्तरका रुपमा विकास गर्न सके ती नागरिकमा आर्थिक समृद्धि हुने बताए । तमु ह्युल छोज घि गुरुङ्ग राष्ट्रिय परिषद् लालमटियाले तमु ल्होसार पर्वको अवसरमा आज राप्ती गाउँपालिका—२ को पर्यटकीय स्थल हर्षेडाँडामा आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका ह्रन् ।

 

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष बिष्टले राप्ती गाउँपालिका अहिले लुम्बिनी प्रदेशको राजधानी समेत भइसकेकोले यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पाहुनाहरुलाई गुरुङ्ग समुदायको संस्कार, संस्कृतिलाई अनुसार स्वागत गर्न सके गुरुङ्ग समुदायमा आर्थिक समृद्धि हुने बताए ।

गुरुङ्ग राष्ट्रिय परिषद् लालमटिया ईकाइ का अध्यक्ष सुरेन्द्र गुरुङ्गको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गुरुङ्ग समुदायको चाड तमु ल्होसार आफैमा निकै सुन्दर तथा उदाहरणीय पर्व भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

परिषद्का उपाध्यक्ष भूमितमुस्यो गुरुङ्गको स्वागत मन्तव्यबाट शुरु भएको शुभकामना आदान—प्रदान कार्यक्रममा राप्ती गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी (अनुप), राष्ट्रिय गुरुङ्ग परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष खुमबहादुर गुरुङ्ग, राप्ती गाउँपालिका २ नम्बर वडाका पूर्व अध्यक्ष जगतबहादुर थापा, राप्ती गाउँपालिका पशु शाखा अधिकृत दामोदर आचार्य, करम्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर रोका र परिषद् लालमटिया ईकाइका पूर्व अध्यक्ष टुकबहादुर गुरुङ्ग लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरे ।

सो अवसरमा गुरुङ्ग संस्कृति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए । कार्यक्रमको सञ्चालन गुरुङ्ग परिषद् लालमटिया ईकाइका सचिव रेशम गुरुङ्गले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे