बाजुराका एक ब्यक्ति फेसबुकबाट १० लाख भन्दा बढी रकम ठगी गरेकाे आराेपमा पक्राउ



बाजुराका एक ब्यक्ति फेसबुकबाट १० लाख भन्दा बढी रकम ठगी गरेकाे आराेपमा पक्राउ

दाङ ८ मंसिर । सामाजिक सञ्जाल फेसबुक मार्फत १० लाख भन्दा बढी रकम ठग्ने एक ब्यक्ति पक्राउ परेका छन् । फेसबुक मार्फत साथी बनाएर स्याङ्जाकी एक महिलालाइ १० लाख २८ हजार ७ सय रुपैयाँ ठग्ने बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ४ का वर्ष २७ का रुपचन्द्र पाण्डे पक्राउ परेका हुन ।

उनले ब्राजिलमा आफ्नो परिवार गम्भिर विरामी रहेको भन्दै महिलालाइृ ठगी गरेको जिल्ला प्रहरी कार्यालय स्यङ्जाले जनाएको छ । पाण्डेलाइृ शुक्रबार ५ गते बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको हाे । उनलाइृ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे