LISTEN LIVE RADIO

हर्षेडाँडालाई प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने



हर्षेडाँडालाई प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

भालुवाङ १५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको हर्षेडाँडालाई लुम्बिनी प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सो क्षेत्रको अध्ययन अवलोकन गर्दै सो क्षेत्रलाई राजधानीकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । राजधानीको प्रचार प्रसार सँगै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन पनि राजधानी क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुलाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।सो क्षेत्रमा कालिका मन्दिर, प्रतिक्षालय, सेल्फी स्पोर्ट, ताल, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु रहेका छन् । अवलोकन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, वडा सदस्यहरु, कालिका सामुदायिक वनका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे