लुम्बिनी प्रदेशसभा सदस्यहरुकाे शपथग्रहण पुस १७ गते र अधिवेशन १८ गते हुने



लुम्बिनी प्रदेशसभा सदस्यहरुकाे शपथग्रहण पुस १७ गते र अधिवेशन १८ गते हुने

भालुवाङ १३ पुस । लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते सोमबार हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् ।

राप्ती उपत्यका(देउखुरी)को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा बैठक आह्वान गरिएको प्रबक्ता चिरञ्जिवी पौडेलले बताएका छन् । प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराईने छ । प्रदेशसभा सचिबालय सचिब दुर्लभ कुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे