कालोपट्टी बाँधेर व्यापारी सडकमा : भन्छन् – गभर्नर राजिनामा दे !



दाङ १३ पुस । कार्तिक १ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गनिर्देशनप्रति निजी क्षेत्रका व्यवसायीहरु आन्दोलित छन् ।

राष्ट्र बैंकले निर्देशिका बनाउँदै गर्दा उक्त निर्देशिकाप्रति असहमति जनाउँदै व्यवासायीहरु आन्दोलित भएका थिए । अहिले आन्दोलित व्यवासयीहरु सडकसम्म पुगेका छन् । नयाँ निर्देर्शिकाले व्यवासाय धरासायी बनाउने गरी व्याजदर बृद्धि गरेको व्यवसायीको ठहर छ । पहिले ८/९ प्रतिशत रहेको व्याजदर बृद्धि गरेर १६/१७ प्रतिशत पुर्याएकोप्रति व्यवासयीले आपत्ति जनाउँदै आएका छन् । यो व्याजदर नघाटाए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए । उनले व्याजदर बृद्धिले उद्योगी व्यवसायी उद्योग बन्द गर्ने अवस्थामा पुगेको, व्याजदर तिर्न नसक्दा आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै सरकारलाई व्याजदर बृद्धि फिर्ता गर्न माग गरे ।

बुधबार उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना र दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयनमा दाङको घोराहीमा सडक प्रदर्शनसमेत भएको छ । विहान ९ बजे ढुवानी व्यवसायीले घोराही बजारमा गाडी पदर्शन गरेका थिए । दिउँसो १ बजे प्रदेशभरीका उद्योगी व्यवासायी सहभागी भई घोराही बजारमा व्याजदर बृद्धिको विरोध गर्दै र्यालि निकालिएको थियो । र्यालि निकाल्दै व्यवसायीलाई धरापमा पार्ने गरी व्याजदर बृद्धि गरेको भन्दै राष्ट्र बैंकका गभर्नरको राजिनामा मागिएको छ । अर्थतन्त्र धरापमा पर्दासमेत पत्तो नपाउने गभर्नर राजिनामा दे, चालू पूँजी निर्देशिका स्थगित गर, व्याजदर बढी भयो, व्याजदर एकल अंकमा कायम गर, सम्झौता अनुसारकै व्याजदर लागू गर, उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन भन्दै व्यापारीहरुले कालोपट्टी बाँधेर नारा लगाएका थिए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघलाई जिल्ला प्रशान कार्यालय दाङ मार्फत ज्ञापन पत्र पनि बुझाएको छ ।

कोरोनाले धरासायी बनेको व्यवासायलाई राज्यले व्याजदर बृद्धि गरेर थप पीडा थपेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले बताए । उनले विकास पँुजी कम खर्च हुनु, आर्थिक मन्दिका कारण शेयर बजार घट्नु , हिजोको दिनमा सन्तोष जनक रुपमा चलेका मझौला तथा ठुला उद्योग क्षमताको २०प्रतिशतमा मात्र चल्नु , बजारमा खरिद विक्री मा अत्यन्तै कमी आएकोसँगै भन्सार आन्तरिक राजश्व जस्तो राजश्व उठाउने निकायले लक्ष्यको ५०–६०प्रतिशतमा मात्र राजश्व उठाउन सकेकाले बजारमा पूँजीको तरलता आएको दाबी गरे । विगतमा बजारमा तरलता पर्याप्त हुँदा चाहिने भन्दा बढी ऋण लिन प्रोत्साहन गर्ने बैक तथा वित्तिय संस्थाबाटनै अहिले बजारमन्दि भएको अवस्थामा व्यवसायीलाई धरासायी हुने गरी तर्साउने काम गरेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे