लुम्बिनी प्रदेशकाे स्थायी राजधानी देउखुरीमा गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित



लुम्बिनी प्रदेशकाे स्थायी राजधानी देउखुरीमा गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

दाङ १३ पुस । बिदा हुनुपूर्व सातै प्रदेशका मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा गर्ने भनिएको सम्मेलन स्थगित भएको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पछिल्लो राजनीतिक परिस्थिति र सबै प्रदेशमा २१ गतेभित्र बसिसक्नुपर्ने संसद् बैठकलाई मध्यनजर गर्दै सम्मेलन स्थगित गर्नुपरेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला‚ कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले पुस १८ गते प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

लुम्बिनीको राजधानी दाङ, देउखुरीमा पुस १५ मा मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको थियो । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रस्तावमा हुन लागेको सम्मेलनमा प्रदेशको पाँचवर्षे समीक्षा गर्ने र संघीयता कार्यान्वयनका लागि नयाँ प्रतिनिधिसभालाई सुझाव दिने कार्यक्रम तय भएको थियो । सम्मेलनमा लुम्बिनीका केसीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे