राप्ती गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन आवश्यक छ : अध्यक्ष विष्ट



भालुवाङ १३ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका छन् ।

राप्ती गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/ ०८० को बार्षिक कार्यक्रम अनुसार ३ दिने व्यवसायिक गाईभैसीपालन तालिमको बुधवार मसुरीयामा समापन गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष विष्टले यस बर्ष दूध उत्पादनमा आधारित अनुदान शुरू भएको र आगामी दिनमा व्यवसायिक कृषकहरूको आवश्यकतालाई मध्यनजर गरि विभिन्न सहयोग कार्यक्रमहरू सञ्चालन गर्ने सोच आफुले राखेको बताएका छन् ।

त्यस्तै अध्यक्ष बिष्टले कृषकहरूको व्यवसायिक इच्छाशक्तिलाई प्रोत्साहन गर्न गाउँपालिका हरदम तयार रहेको बताउँदैै अब निर्वाहामुखी पशुपालनलाई व्यवसायिक पशुपालनमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले कृषकहरूको समस्यालाई आफुले नजिकबाट बुझेको र ती समस्या समाधान गर्न कृषकहरू र पालिका बिच समन्वय गर्न आफुहरू तयार रहेको बताएकी छिन्

तालिम समापन कार्यक्रममा कृषक पुष्पा भट्टराई र सन्दिप अधिकारीले तालिममा सिकेको सीप ब्यवहारमा लागू गरिने बताएका छन् । तालिममा विभिन्न वडाका २६ जना व्यवसायिक र व्यवसायोन्मुख गाईभैसीपालक कृषकहरूको सहभागीता रहेको थियोे । तालिमको सहजीकरण पशुसेवा शाखाका प्रमुख जीवराज पौडेल, अधिकृत दामोदर आचार्य तथा पशु स्वास्थ्य प्राबिधिक कमल पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे