भालुवाङ खानेपानी समितीका नवनिर्वाचित कार्यसमितीलाई सपथ तथा पदभार ग्रहण सम्पन्न



भालुवाङ खानेपानी समितीका नवनिर्वाचित कार्यसमितीलाई सपथ तथा पदभार ग्रहण सम्पन्न

भालुवाङ १३ पुस । देउखुरीको राप्ती गाउँपालिका—१ भालुवाङ स्थित भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङका नवनिर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरूले बुधबार सपथ ग्रहण गरेका छन् । निर्वाचन समितीले बुधबार नवनिर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराएको हो ।

निर्वाचन समितीका संयोजक तथा समितीका संस्थापक सचिव एवम् पत्रकार महेशचन्द्र रिजालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिका-१, नम्बर वडा अध्यक्ष गेमबहादुर खड्काको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन समितीका संयोजक रिजालले नवनिर्वाचित कार्य समितीका पद्धाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहणपछि नवनिर्वाचित कार्य समितीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण—पत्र प्रदान गरिएको थियो । उक्त प्रमाण—पत्र कार्यक्रमका प्रमुख अतिथी राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष सुवेदीले प्रदान गरेका थिए भने नवनिर्वाचित अध्यक्ष हस्तबहादुर गुरुङ्गले पदभार ग्रहण समेत गरेका थिए । पदभार ग्रहण संगै समितीका कार्यालय प्रमुख सुमन ज्ञवाली तथा अन्य कर्मचारीहरुले नवनिर्वाचित अध्यक्ष गुरुङ्गलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई ज्ञापन समेत गरेका थिए ।

निर्वाचन समितीका सदस्य महेन्द्र केसीको स्वागत मन्तव्यबाट शुरु भएको सपथ तथा पदभार ग्रहण कार्यक्रममा नेपाली काँग्रेस पदमबहादुर पुन, नेकपा माओवादी केन्द्रका टपराज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका होतराज आचार्य, राष्ट्रिय जनमोर्चाका बिक्रम पाण्डे, नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीकी अध्यक्ष गोमाया केसी, भालुवाङ होटेल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, पत्रकार जमिर शाह र हनुमानगढी टोल विकास समिती भालुवाङका अध्यक्ष मोहन जिसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समितीका सदस्य तथा नागरिक समाज दाङ जिल्ला सदस्य दामोदर भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे