सर्वोदय मावि सिसहनियाँका विद्यार्थीहरु कृषि कर्ममा रमाउँदै



सिसहनियाँ १३ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ स्थित सर्वोदय माविका विद्यार्थीहरु कृषि कर्ममा रमाउन थालेका छन् ।कृषि बाली विज्ञान कक्षा ९ देखि १२ सम्मका अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका तरकारी उत्पादन गरेर आम्दानी गर्न थालेका हुन् । विद्यार्थीहरुले प्लाष्टिक टनेल भित्र र बाहिर टमाटर, बन्दा, सिमी, मुला, गाजर, आलु तथा च्याउ खेतीबाट आम्दानी गर्न थालेका छन् । त्यस्तै उनीहरुले तरकारीका बेर्ना उत्पादन गरि बिक्री वितरण समेत गर्ने गरेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी राज परियारले बताएका छन् ।

वि.सं. २०७३ साल देखि कृषि बाली विज्ञान पढाई हुने सो विद्यालयमा नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरि उत्पादनलाई वृद्धि गर्दै विद्यालय तथा विद्यार्थीहरुलाई आर्थिक रुपमा सवल बनाउँदै जाने योजना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर केसीले जानकारी दिएका छन् ।

बाली विज्ञान अध्ययनरत विद्यार्थीहरु सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सिपको विकास गरि उच्च स्तरको जनशक्ति निमार्ण गर्नका लागि विभिन्न योजनाहरु निमार्ण तथा कार्यन्वयन गरिरहेको कृषिधार संयोजक ईश्वर अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे