राजधानीक्षेत्रको जग्गा एकिकरण कार्यक्रममा सहभागी बनाउन नागरिकहरु संग छुट्टाछुट्टै छलफल शुरु



राजधानीक्षेत्रको जग्गा एकिकरण कार्यक्रममा सहभागी बनाउन नागरिकहरु संग छुट्टाछुट्टै छलफल शुरु

भालुवाङ १३ पुस । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ—देउखुरीको राप्ती गाउँपालिका सहित राजधानी क्षेत्रमा हुन लागेको बृहत्त जग्गा एकिकरण अर्थात ल्याण्डपुलिङ्गको कामलाई यति बेला तीब्र गतिमा अगाडी बढाइएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्र्तगत प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाले राजधानी क्षेत्रका विभिन्न समुदाय तथा वर्गहरु संग छुट्टाछुट्टै छलफल गरी जग्गा एकिकरणका विभिन्न बिषयमा छलफल तथा अन्तरक्रियात्मक अभियान नै सञ्चालन गरेको छ ।

जग्गा एकिकरण अर्थात ल्याण्डपुलिङ्ग भनेको के हो ?, जग्गा एकिकरण कसरी गरिन्छ ?, जग्गा एकिकरण गर्दा के फाइदा हुन्छ ? देश तथा बिदेशमा जग्गा एकिकरणको कस्तो अभ्यास छ ? र यहाँको जग्गा एकिकरणको अवस्था के हो ? लगायतका बिषयमा राजधानी क्षेत्र सर्वसाधारणहरुलाई बिस्तृत रुपमा जानकारी गराई स्वस्फूत तरिकाले जग्गा एकिकरण आयोजनामा समावेश गराउनका लागि जग्गा एकिकरणका विभिन्न बिषयमा छलफल तथा अन्तरक्रियात्मक अभियान नै सञ्चालन गरिएको प्रदेश राजधानी जग्गा एकिकरण आयोजना अध्यक्ष श्यामेश चौधरीले जानकारी दिए ।

माघको १ गते देखि फिल्डमै इन्जिनियर सहितको प्राविधिक टोली परिचालन गर्ने योजना अनुरुप यति बेला राजधानी क्षेत्रका नागरिकहरु संग विभिन्न ठाउँमा विभिन्न चरणमा जग्गा एकिकरणका विभिन्न बिषयमा छलफल अभियान शुरु गरिएको अध्यक्ष चौधरीले बताए । भबिष्यमा बन्ने नयाँ शहरको अवस्था र यसबाट राजधानी क्षेत्रमा पर्ने प्रभावका बिषयमा समेत विभिन्न बिषयगत बिज्ञहरुले अनुसन्धान समेत भईरहेको अध्यक्ष चौधरीले बताए ।

यसैबीच आज बुधबार प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाले राजधानी क्षेत्र राप्ती गाउँपालिका स्थित थारु समुदायका अगुवा, अघरिया, बरघर र थारु बुद्धिजिवीहरु संग समेत एकिकरण अर्थात ल्याण्डपुलिङ्गको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा जग्गा एकिकरण अर्थात ल्याण्डपुलिङ्गका विभिन्न पक्ष तथा बिषयमा आयोजना अध्यक्ष श्यामेश चौधरीले बिस्तृत रुपमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे