प्राथमिक विद्यालय थकरीकाेटकाे अध्यक्षमा : सुरेश थापा



सिसहनियाँ १३ पुस । राप्ती गाउँपालिका वडा नं. ५ काे प्राथमिक विद्यालय थकरीकाेटकाे अभिभावक भेला थकरीकाेटमा सम्पन्न भएकाे छ।

भेलाले सुरेश थापा मगरकाे अध्यक्षतामा ९ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। जसको सदस्यहरुमा पदम बहादुर समाल मगर, पल बहादुर बुढा मगर, जीबा समाल मगर, ताेमिका घर्ती मगर, हिमा बुढा मगर, सिता समाल मगर, सदस्य सचिव विद्यालयका प्रधानाध्यापक कमल बहादुर खैकला मगर र शिक्षक प्रतिनिधि देबमणी उचही मगर रहेका छन् ।

त्यस्तै भेलाले दाेर्णबहादुर समल मगरको संयोजकत्वमा पछि सदस्य थप गर्ने गरि ११ सदस्य शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । भेला निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तराम सरु मगरकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे