गढवामा जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न



गढवामा जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

गढवा १० पुस । गढवा गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिता आइतवार समापन गरिएको सम्पन्न भएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दुई दिने जनप्रतिनिधि र कर्मचारी बीच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताले कर्मचारी र जनप्रतिनिधि बिचको खेल सौहार्दपुर्ण वातावरणमा समापन भएको भन्दै धन्यबाद दिए ।

यस्तो खालको प्रतियोगितामा आगामी दिनहरूमा पनि आयोजना गर्ने र अन्य संघ संस्था, शिक्षक, बिध्यार्थी लगायत संगको मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न अवश्यक रहेको बताए । स्वास्थ्यका लागि खेल एकदमै महत्वपूर्ण रहेकोले आफु खेलकुद क्षेत्रलाई बिशेष तरिकाले अगाडि बढाउने तर्फ योजना बनाई रहेको बताए । जनप्रतिनिधि र कर्मचारी बीच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताले एकातिर स्वस्थ रहन फाइदा गर्छ भने अर्को तिर जनप्रतिनिधि र कर्मचारी बिच सहयोगी भावनाको बिकास गर्नको लागि निकै ठुलो योगदान पु¥याउने बताए ।

प्रतियोगितामा कर्मचारीका तर्फबाट श्यामबहादुर बिक र पिताम्बर चौधरीको जोडी प्रथम भएको छ । भने कैलाश चौधरी र बिनय कुमार यादवको जोडी द्वितीय भएको छ । गढवा त्यसै गरी जनप्रतिनिधिको तर्फबाट हरिभगत चौधरी र ओमप्रकाश चौधरीको जोडी तृतीय स्थानमा हासिल गर्न सफल भएको छ । त्यसैगरी महिला कर्मचारी तर्फ टिका रावत र धनकुमारी चौधरीको जोडी प्रथम भएको छ । भने अञ्जु चौधरी र चित्रा पुन मगरको जोडी द्वितीय र बिष्णा पन्थी र कमला भट्टको जोडी तृतीय स्थान हांसिल गरेको छ । भने कर्मचारीको तर्फ बाट बिनय कुमार यादव उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका छन् ।

प्रतियोगितामा प्रथम स्थान हुने जोडीलाई २० हजार, द्वितीय हुने जोडीलाई १० हजार र तृतीय स्थान हासिल गर्ने जोडीलाई ५ हजार नगर तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट खेलाडी लाई १५ हजार नगद र सम्मान पत्रले पुरस्कृत गरिएको थियो । पुरुष तर्फ २० जोडि गरी ४० र महिला तर्फ ५ जोडी गरी १० जनाले प्रतियोगितामा भाग लिएका थिए ।

निर्धारत समयमा खेल सम्पन्न गर्दै खेल समापन र पुरस्कार वितरण कार्यक्रममा उपस्थित गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष,गढवा गाउँपालिका वडा नम्वर–४ का अध्यक्ष हरिभगत चौधरी र गढवा कभर्डहलका संस्थापक तथा हालसम्मका अध्यक्ष कृष्ण राज पाण्डे लगायतकाको उपस्थिति रहेको थियो । सम्पूर्ण विजेता खेलाडी हरुलाई कप, मेडल, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरी सफलता पूर्वक सम्पन्न भएको खेलकुद संयोजक श्याम बहादुर बिकले जानकारी दिएका छन् । समापन कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे