LISTEN LIVE RADIO

भालुवाङ खानेपानीको अध्यक्षमा पुन हस्तबहादुर गुरूङ सर्वसहमतीले चयन



भालुवाङ खानेपानीको अध्यक्षमा पुन हस्तबहादुर गुरूङ सर्वसहमतीले चयन

भालुवाङ ९ पुस । भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्य समिति सर्वसहमत चयन भएको छ । लामो समय देखि निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन हुँदै आएकोमा यस पटक भने पत्रकार महेश रिजाल संयोजक रहेको निर्वाचन समितिले सर्वसहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न सफल भएको हो ।

जस अनुसार हस्तबहादुर गुरूङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषिराम आचार्य, सचिवमा गोपाल चन्द, कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शिशिर पुन, चेतनाथ बस्नेत, सीता पौडेल, ऋषिराम शर्मा, देउसिंह पुनमगर, महिला सदस्यहरूमा भुमि गुरूङ र गंगा गिरी रहेका छन् ।

यसैबीच समितीमा पुनः दोस्रो पटक निर्वाचित भएपछि सञ्चारकर्मीहरु संग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष हस्तबहादुर गुरुङ्गले अब थप उत्साहका साथ भालुवाङबासीलाई मात्र नभई सिङ्गो राजधानीबासीलाई नै स्वच्छ पानी खुवाउने प्रतिबद्धता जनाएका छन् । उनले अब यो क्षेत्र राजधानी भइसकेकोले उपभोक्ताहरुको माग अनुसार क्षेत्र बिस्तार र सेवा सुबिधा बृद्धि गर्दै लैजाने समेत बताए ।

यता नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पुस १३ गते प्रमाणपत्र र सपथ ग्रहण गराईने निर्वाचन समितिका सदस्यका संयोजक महेश रिजालले जानकारी दिए । निर्वाचन समितिको सदस्यहरूमा नागरिक समाजका दामोदर भण्डारी र निर्माण व्यवसायी महेन्द्र केसी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे