LISTEN LIVE RADIO

गाउँ- गाउँमा शुद्व खानेपानी पुर्‍याउँछाै : अध्यक्ष विष्ट



गाउँ- गाउँमा शुद्व खानेपानी पुर्‍याउँछाै : अध्यक्ष विष्ट

भालुवाङ ९ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँ- गाउँमा शुद्व खानेपानी पुर्‍याउने बताएका छन् ।

भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २६ ओैं वार्षिक साधारणसभा तथा ५ ओैं अधिवेशन र कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले अब कोही पनि नागरिक शुद्व खानेपानीबाट बञ्चित हुन नपर्ने बताउँदै राप्ती गाउँपालिकाले शुद्व खानेपानी विस्तार अभियान र सरसफाई अभियानलाई पनि सँगसँगै अगाडि बढाएको बताएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको रूपमा रहेको राप्ती गाउँपालिकामा प्रदेशकै नमुना खानेपानीको रूपमा विकास गर्ने, स्थायी फोहोर व्यवस्थापन गर्ने र राप्ती उज्यालो अभियानलाई पनि अगाडि बढाएको बताएका छन् । समितिका अध्यक्ष हस्तबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, जिल्ला खानेपानी तथा सरसफाई महासंघका दाङ जिल्ला अध्यक्ष धुव्र ठकुरी, लमही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जंगबहादुर चाैधरी, पत्रकार महेश रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ५ जना व्यक्तिहरूलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । जस अनुसार एकल जेष्ठ उपभोक्ताहरू खेतुलाल कडेल, धनबहादुर झार्की, तुलसादेवी अधिकारी, धेरै पानी महसुल भुक्तानी गर्ने निमराज गुरूङ, सवै भन्दा कम पानी प्रयोग गर्ने रिता पोख्रेल रहेका छन् ।

सभामा वार्षिक प्रगति प्रतिवेदन समितिका सचिव बाबुराम थापा र आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्यले प्रस्तुत गरेका थिए । समितिका उपाध्यक्ष प्रकाश बस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समितिका सचिव बाबुराम थापाले गरेका थिए ।

भालुवाङ खानेपानी समितिको नवनिर्मित भवनको उद्घाटन
भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो कार्यालय भवन निर्माण गरेको छ ।

खानेपानी तथा सरसफाई डिभिजनबाट ३७ लाख ८५ हजार २१ रूपैयाँ र भालुवाङ खानेपानी तथा सरसफाई समितिको १ लाख २९ हजार २ सय १७ रूपैयाँ गरि कुल ३८ लाख ८४ हजार ३ सय ७ रूपैयाँको लागतमा १ वटा सभाहल सहित ४ वटा कोठा भएको भवन निमार्ण गरेको निमार्ण उपसमितिका संयोजक तथा समितिका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्यले जानकारी दिएका छन् । यसै बीच नवनिर्मित कार्यालय भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रिवन काटेर उद्घाटन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे