तीन लाख बीस हजार घुस रकम सहित मालपोत कार्यालय तुलसीपुरका २ जना कर्मचारी पक्राउ



तीन लाख बीस हजार घुस रकम सहित मालपोत कार्यालय तुलसीपुरका २ जना कर्मचारी पक्राउ

दाङ ५ मंसिर । मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई जना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको अख्यियारको टोलीले कार्यालयको तामेली फाँटमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रबार दिउँसो १ बजे कार्यालयबाटै सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले जग्गा नापजाँच गरी पुर्जा बनाईदिने भन्दै सेवा ग्राही संग घुस रकम मागेको भन्ने गोप्य सूचनाको आधारमा गएको अख्तियारको टोलीले ३ लाख २० हजार नगदसहित रंगेहात पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । २०२६ सालमा सर्भे भएको जग्गाको बाबुको नाममा नापी कायम भएको तर छोराको नापी कायम नभएको हुँदा जग्गाको नापी कायम गर्नका लागि उक्त रकम सेवा ग्राहीसँग उनीहरुले माग गरेको बताईएको छ ।

पक्राउ परेकाहरुमाथी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढेको अख्तियारको कार्यालय नेपालगञ्जले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे