तिला र टिकारामलाई शान्ती समाज दाङद्वारा राहत सहयोग



तिला र टिकारामलाई शान्ती समाज दाङद्वारा राहत सहयोग

तुलसीपुर ५ मंसिर । मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस सहाराबिहिन टुहुरा बालबालिकालाई राहत सहयोग गरेर मनाएको छ । १२ बर्षिया तिला पुन र ९ बर्षिय टिकाराम पुनलाई चामल ७५ केजी, दाल २ केजि, तेल १ लिटर, नुन १ केजि, शैक्षिक सामाग्री अन्तरगत कपी २ दर्जन र पेनसिल १ दर्जन र नगद १४३० रुपैयाँ प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम मानव अधिकार तथा शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनारको सभापतित्व एबम केन्द्रिय महासचिव सुशील बस्नेतको उपस्थितिमा भएको हो । कार्यक्रममा पुर्ब सभापति निर्मल नेपाली, तिला र टिकारामका भिनाजु बेदप्रकाश बाठा, शान्ति समाज दाङका कोषाध्यक्ष अमृतप्रसाद शर्मा, सदस्य कमल डाँगी, माधव बस्नेत, असाह्र बालबालिकाको सहयोग अभियान्ता एवम पत्रकार सुमन केसी, बालबालिकाका छिमेकीहरु, चन्दा पौडेल, मदन बहादुर खत्री, प्रकाश राना, सीता खत्री रहेका थिए ।

४ वर्ष अघि आमाको हत्या गरेका बुवा कारागार चलान भएपछि तिला र भाई टिकाले टुहुरो जीवन बिताउन बाध्य भएका छन् । उनका ३ वटी दिदीहरु छन् । तर सबैको विवाह भइसकेको छ । दिदीहरुको विवाह भएको र आमाको मृत्यु, बुवा कारागारमा भएपछि उनीहरु टुहुरा भएका हुन् । तिला १२ बर्षकी भएकी छन्, भने भाई टिकाराम ६ बर्षका छन् । जंगलको छेउमा रहेको घरमा उहाहरु बस्न नसक्ने भएपछि ठूला बुवाको घर गएका थिए ।

त्यहाँ पनि बस्नको लागी राम्रो वातावरण हुन नसकेपछि दिदीसँग नारायणपुर गए । त्यहाँ पनि राम्रो नभएपछि फेरी आफ्नै घर आए । घरमा कोही नबस्दा घर भत्किएपछि वडाले खाद्यान्न र टिक सहयोग गरेपछि स्थानियहरुले सानो टिनले बारेको घर बनाइ दिए ।

त्यहि घरमा बस्दै आएका उनीहरुलाई दाङ दंगीशरण गाउँपालिका ६ निवासी युवा ब्यवसायी जयराम वलीले २ कोठे पक्कि घर निर्माण गरिदिएका छन् । भह।तिला कक्षा ५ मा र भाई कक्षा २ मा पढ्दै छन् । तर तिलाले पढाइसँगै घरको जिम्मेवार पनि वलीले लिउका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे