नेपालमा आज थप १९४५ जनामा कोरोना पुष्टि, ५३६४ जना डिस्चार्ज, २२ जनाको मृत्यु



नेपालमा आज थप १९४५ जनामा कोरोना पुष्टि, ५३६४ जना डिस्चार्ज, २२ जनाको मृत्यु

काठमाडौं ५ मंसिर  । नेपालमा वितेको २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यस्तै वितेको २४ घण्टामा ५ हजार ३ सय ६४ जना कोरोना मुक्त भएका छन् ।

यससँगै कोरोना संक्रमित भई निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यस्तै वितेको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ९८ पुगेको छ । अब नेपालमा संक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे