जिप्रका बाँकेकाे हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा फेला



जिप्रका बाँकेकाे हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा फेला

नेपालगञ्ज ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक थुनुवा शुक्रबार बिहान शौचालयमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय बाबुलाल रैदास हिरासत कक्षको शौचालयको झ्यालको डन्डीमा टाउकोमा बाँधेको कपडाले पासो लगाको अवस्थामा मृत अवस्थामा भेटिएको हाे ।

रैदास बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त हुन । रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन्।

तत्कालीन भुमिगत समुह तराई जनतन्त्रिक मुक्ती मोर्चा (ज्वाला सिंह) समुहमा आवद्ध रहेर रैदासले विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनी यसअघि पनि हातहतियार तथा खरऔखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका ब्यक्ती भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे