LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेलले दिए छठ पर्वको शुभकामना



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेलले दिए छठ पर्वको शुभकामना

दाङ ५ मंसिर। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पाेख्रेलले छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । छठले समाजमा भातृत्वको वातावरण बनाउन मात्रै नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको बताउँदै उनले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

उनले जारी गरेको शुभकामनामा भनिएको छ, ‘सूर्य, नदी, पोखरी—तलाउ जस्ता प्रकृतिका अमूल्य उपहार छठ पर्वमा प्रयोग हुन्छन् । त्यसैगरी, यो पर्वमा प्रयोग गरिने कृषि उत्पादन ग्रामीण अर्थतन्त्रका एउटा आधार हुन् । मानिस र प्रकृति बीचको सन्तुलित सम्बन्धले मात्रै उज्यालो भविष्यको आशा गर्न सकिन्छ । मानिस र प्रकृतिबीचको असन्तुलनले मानिसको मात्रै नभएर अन्य जीवजन्तुको समेत भविष्य अनिश्चित हुन्छ । तसर्थ प्रकृतिका अमूल्य उपहार मानिस सहित सबै प्राणीका लागि हो । अहिलेका लागि मात्रै नभएर भविष्यका लागि पनि हो । छठ पर्वले दिन खोजेको यो सन्देशलाई आत्मसात गर्दै अघि बढौं ।’

साथै मुख्यमन्त्री पोखरेलले कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको पहलकदमीमा सबैको सार्थक सहयोगको खाँचो रहेको बताएका छन् । ‘कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको पहलकदमीमा सबैको सार्थक सहयोगको खाँचो छ’, उनले भनेका छन् , ‘कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिदै अघि बढेका छाै । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दैनिकी अघि बढाउँदा कोरोनाबाट आफूँ जोगिन र अरुलाई पनि जोगाउन सकिन्छ । छठ पर्वलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाउन म हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे