राप्ती गाउँपालिकाको कानुनी सल्लाहकारमा बेल्बासे र प्रेस परामर्शदातामा कँवर नियुक्त



राप्ती गाउँपालिकाको कानुनी सल्लाहकारमा बेल्बासे र प्रेस परामर्शदातामा कँवर नियुक्त

भालुवाङ २३ मंसिर । दाङ- देउखुरीको राप्ती गाउँपालिकाले कानुनी सल्लाहकार र प्रेस परामर्शदाता नियुक्त गरेको छ । गाउँ कार्यपालिकाको आज मसुरियामा भएको बैठकले गाउँपालिकाको कानुनी सल्लाहकारमा राप्ती गाउँपालिका- २, बराखुट्टी निवासी अधिबक्ता हरि बेल्बासेलाई र प्रेस परामर्शदातामा राप्ती गाउँपालिका- ५, कालापानी निवासी तुलबहादुर कँवरमगरलाई नियुक्त गर्ने निणर्य गरेको हाे ।

गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा बसेको गाउँ कार्यपालिका बैठकले भालुवाङ नगर विकास समितीको सदस्य राप्ती गाउँपालिका- १, भालुवाङ, पुल्चोक निवासी टपराज आचार्य र सोही ठाउँ निवासी बिजुला केसीलाई मनोनयन गरिएको गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी(अनुप)ले जानकारी दिए ।

साथै बैठकले राप्ती गाउँपालिका ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीमगरको बुवाको दुखद निधन र भालुवाङ नगर विकास समितीका कार्यालय प्रमुख बिनोद भुसालको छोराको अल्पायु उमेरमा भएको निधनप्रति शोक प्रस्ताब समेत पारित गरेकाे प्रबक्ता चौधरीले जानकारी दिए ।

बैठकमा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडाध्यक्ष पहलवान चौधरी(अनुप), १ नम्बर वडाध्यक्ष गेमबहादुर खड्का, ३ नम्बर वडाध्यक्ष उमेश अधिकारी, ४ नम्बर वडाध्यक्ष बिरबहादुर चौधरी, ५ नम्बर वडाध्यक्ष देबप्रसाद चौधरी, र ८ नम्बर वडाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग लगायत अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो । बैठकको सहर्जीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपबहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे