गढवामा ५ दिने सहकारी व्यवस्थापन तालिम सुरू



गढवामा ५ दिने सहकारी व्यवस्थापन तालिम सुरू

गढवा २३ मंसिर । गढवा गाउँपालिकाको सहकारी शाखाको आयोजनामा ५ दिने सहकारी व्यवस्थापन तालिम बिहिवार देखी गढवामा सुरु भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (बिश्वास)को प्रमुख आतिथ्यमा सहकारी व्यवस्थापन तालिमको उद्घाटन गरिएको छ ।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथि दुबैजनाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रम गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशेष उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
सहकारी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषि क्षेत्रमा आबद्ध भएका किसानहरू लाई सहकारी संञ्जालमा आबद्ध गराई किसानलाई आत्मनिर्भर बनाउने किसिमको कार्यक्रमहरु नल्याए सम्म कृषि कान्ति नहुने बताए । पछिल्लो समयमा सहकारी संस्था प्रति जनताको बिस्वासको गुमेको बताउदै सहकारीको माध्यमबाट हरेक किसानलाई आत्मनिर्भर बनाउने किसामको वातावरण तयार गर्न आवश्यक रहेको र पालिकाले त्यही अनुरूप काम गरिरहेको जानकारी दिएका छन् ।

गढवा गाउँपालिकामा पनि केही सहकारी संस्थाहरु घाटामा गएको बताउँदै अध्यक्ष पोख्रेलले सहकारी संस्था सञ्चालन गर्नु पुर्व महत्वपूर्ण तालिमहरूको अवश्यक रहेको बताउदै सबैले निशुल्क तालिममा सहभागी भई सहकारी सञ्चालन सम्बन्धी ज्ञान लिन जरुरी रहेको बताए ।

व्यवस्थापन तालिम बिना सहकारी संस्थाहरुले कार्य सञ्चालन गरेको हुनाले केही सहकारी संस्थाहरु घाटामा गएको हुन सक्ने बताए । सहकारी संस्थाहरुमा कुनै पनि किसिमको समस्या आए पालिका संग समन्वय गर्न सबैलाई अनुरोध समेत गरे । लगानी कर्ताले सहकारीमा जम्मा गरेको पुँजी बाट आम्दानी गर्दै जनतालाई पनि फाइदा पुर्याउनको लागि सबै सहकारी संस्थाहरुले इमानदारीका पुर्वक काम गर्नु पर्ने बताए ।

गढवा गाउँपालिकाले सहकारी सञ्जाल मार्फत कृषि क्षेत्रमा काम गर्न खोजिरहेको र त्यसको लागि योजना सहित पालिका आउन सबै सहकारीहरु लाई अनुरोध गरे । गढवा गाउँपालिकाले कृषि क्षेत्रलाई बिशेष तरिकाले सबै किसानलाई कृषिमै आत्मनिर्भर बनाउने हिसाबले काम गर्न खोजेको तर त्यो अनुरुप अहिले सम्म कुनै माग नआएको बताए । गढवा गाउँपालिकालाई बिऊ उत्पादनमा आत्मनिर्भर बनाउने योजनामा आफु लागेको र काम गर्ने सहकारीहरु आए सहयोग गर्ने जानकारी दिए । पालिकाका प्रत्येक सहकारीले एक सहकारी एक उत्पादनको कार्यक्रम ल्याउन सबै सहकारीहरु लाई अध्यक्ष पोख्रेलले अनुरोध गरे ।

त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाको केही सहकारी संस्थाहरूले अव्यवस्थित रुपमा कार्य सञ्चालन गरेको भन्दै सहकारी खोल्नु मात्र ठुलो कुरा नभएको, सहकारीको लक्ष र उद्देश्य पुरा गर्ने तर्फ पनि सोच्नु पर्ने बताइन् । यस व्यवस्थापन तालिम पश्चात हरेका सहकारीका प्रतिनिधिहरुले आफ्नो सहकारी लाई अझ व्यवस्थित बनाउनु हुनेछ भनी आस लिएको बताइन् ।

गढवा गाउँपालिकाले पालिका भरी छलिएर रहेका सहकारीहरुलाई व्यवस्थापन गर्नका लागि पालिकाले बजेट छुट्याएको र सम्पूर्ण सहकारीहरु लाई व्यवस्थित गर्न बिभिन्न खालको तालिमको आयोजना गरिने जानकारी दिइन् ।

तालिम ५ दिन सम्म चल्नेछ। सहकारी व्यवस्थापन तालिम मंसिर २२ देखि २६ गते सम्म सञ्चालन हुने सहकारी शाखाका प्रमुख अशोक यादवले जानकारी दिएका छन् ।
लामो समय सम्म सहकारी व्यवस्थापनको क्षेत्रमा काम गर्नु भएका दिलकुमार वली तालिमको प्रमुख प्रशिक्षकमा रहेका छन् । गढवा गाउँपालिकाका १९ वटा सहकारी संस्थाका प्रतिनिधिहरुले तालिममा भाग लिएका छन्। उद्घाटन कार्यक्रमको सञ्चालन सहकारी शाखा प्रमुख अशोक यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे