साइत हेरेर स्थायी राजधानीको निवासमा सरे मुख्यमन्त्री केसी



साइत हेरेर स्थायी राजधानीको निवासमा सरे मुख्यमन्त्री केसी

भालुवाङ २३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन् । शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन् ।

साविक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ ।

तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन् । मुख्यमन्त्री गृहप्रवेशको समाचार संकलन गर्न पुगेका पत्रकारलाई भने रोक लगाइएको थियो ।

मुख्यमन्त्री केसीको सचिवालयबाट सूचना पाएर समाचार संकलनमा पुगेका पत्रकारलाई मुख्यमन्त्री आफैले तपाईंहरुलाई कसले बोलायो? भन्दै समाचार संकलनमा पुगेका पत्रकारलाई रोका थिए ।

२०७७ साल असोज २० मा प्रदेश सभाको दुई तिहाइ बहुमतले राजधानीको टुंगो लगाएको थियो । निणर्य भएको २ वर्ष २ महिनापछि मुख्यमन्त्री कार्यालय दाङको देउखुरी सरेको हो । अन्य मन्त्रालयसमेत स्थापनाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे