LISTEN LIVE RADIO

महोत्सवको विरोधमा आज पनि दाङकाे तुलसीपुर बजार बन्द



महोत्सवको विरोधमा आज पनि दाङकाे तुलसीपुर बजार बन्द

तुलसीपुर १५ मंसिर । दाङकाे तुलसीपुरमा बिहीबारदेखि सञ्चालन हुन लागेको लुम्बिनी प्रदेश स्तरिय प्रथम ब्यापारिक महोत्सवको विरोधमा बजार बन्द गरिएको छ । बिहानैदेखि तुलसीपुर उद्योग वाणिज्य संघले मेलाको बिरोधमा आज पनि बजार बन्द गराएको छ । बुधबार पनि उद्योग वाणिज्य संघले बजार बन्द गराएको थियो ।

महोत्सवको विरोधमा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सको संयुक्त आब्हानमा बजार बन्द गरिएको हो । यता मेला आयोजक युथ्स अफ तुलसीपुरले भने कुनै पनि हालतमा महोत्सव नरोकिने जनाएको छ ।

आज बिहान साढे ११ बजेदेखि तुलसीपुरको त्रिशिदेश्वरी मन्दीर परिसरबाट झाँकी जुलुससहित महोत्सव स्थलमा गएर मेला उद्घाटन गर्ने जनाएको छ । साथै झाँकी जुलुसमा सहभागी हुन सबैलाई आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे