गठबन्धनले सत्ता र शक्तिकाे दुरुपयाेग गरेर निर्वाचन जित्याे : शान्ता चाैधरी



गठबन्धनले सत्ता र शक्तिकाे दुरुपयाेग गरेर निर्वाचन जित्याे : शान्ता चाैधरी

लमही ९ मंसिर । नेकपा एमालेकी केन्द्रिय कमिटि तथा पोलिट व्युरो सदस्य शान्ता चौधरीले प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १ दाङको निर्वाचनमा गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लगाएकी छिन् ।

शुक्रवार लमहीमा नेकपा एमाले निर्वाचन परिचालन निर्देशक समितिले मतदाताहरुलाइ धन्यवाद दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदमा गठबन्धका उम्मेदवार मेटमणी चौधरी सँग हार बेहोरेकी चौधरीले निर्वाचन अगाडी र मौन अवधीमा समेत गठबन्धनका उम्मेदवार मेटमणी चौधरीले सत्ता र शक्तिको दुरुपयोग गरि चामल बाड्ने, पैसा बाड्ने र भ्रम सिर्जना गरेको चुनाव जितेको आरोप समेत लगाएकी छिन् ।

प्रमुख अतिथि समेत रहेकी चौधरीले गठबन्धनका उम्मेदवारहरुले निर्वाचित भएर अहिले विजय उत्सव मनाउने क्रममा समेत खुलेयाम जनताको मत नकिनेको भए चुनाव जित्न गाह्रो हुने बताउँदै हिडेको आरोप पनि लगाइन् । त्यस्तै उनले ५ दल सँग चुनाव लड्दा समेत आफ्नो पक्षमा राम्रो मत आएकोमा सम्पुर्ण मतदातालाई धन्यवाद समेत दिएकी छिन् । देशभर जनताले एमालेलाई रुचाएका छन् त्यसैले पनि अहिले समानुपातिक तर्फ एमाले अगाडी रहेको बताएकी थिइन् ।

यस्तै उनले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवल सर्छ कि भन्ने पत्रकारको जिज्ञासामा चौधरीले राजधानी कुनै बच्चाको खेलौना नसम्झिन आग्रह गर्दै एमालेले ल्याएको राजधानीलाई एमालेले हारे पनि कार्यान्वयको पाटोमा डटेर लाग्ने बताएकी छिन् । यसै बीच उनले निर्वाचन अवधीभर सहयोग गरेकोमा सम्पुर्ण मतदाता, निर्वाचन अधिकृत लगायत सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरु, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारकर्मी सवैलाई धन्यवाद दिएकी छिन् । यस्तै प्रदेश सभा सदस्यका उम्मेदवारहरु गंगाराम भट्टराई र कुलबहादुर केसीले निर्वाचनमा पराजय भोगेपनि जनताबाट अपार माया पाएको भन्दै सधैं जनताको सुःख, दुःखमा संगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर १ निर्देशक समितिका संयोजक रेवतीरमण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शर्माले सम्पुर्ण मतदाता, पार्टीका सबै कमिटीमा रहेका नेता–कार्यकर्ता, निर्वाचन सम्पन्न गराउन खट्ने निर्वाचन अधिकृत लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, स्थानीय प्रशासन, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे