मावि फल्कापुरकाे अध्यक्षमा देवानजंग चाैधरी सर्वसहमतीले चयन



मावि फल्कापुरकाे अध्यक्षमा देवानजंग चाैधरी सर्वसहमतीले चयन

लमही ९ मंसिर । लमही नगरपालिका वडा नम्बर ३ मा रहेकाे मावि फल्कापुरकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा देवानजंग चाैधरी सर्ब सहमत रुपमा  चयन भएका छन् । शुक्रवार विद्यालयकाे ४१ औं अभिभावक भेलाले चाैधरीलाई सर्ब सहमत रुपमा चयन गरेको हाे । ३  बर्ष कार्यकाल रहने समितिकाे समय अबधि समाप्त हुन अगाडि नै नयाँ समिति गठन गरिएको हाे ।

समितिकाे म्याद पुस महिनामा अन्त हुँदै थियाे । नवगठित समितिकाे सदस्यहरुमा लाेकमणी बन्जाडे, बिमला चाैधरी, शिला केसी खत्री ,सरस्वती अधिकारी, वडा अध्यक्ष मनाेज कुमार चाैधरी, हुतराज श्रेष्ठ र सदस्य सचिबमा विद्यालयका प्रअ संम्झना शर्मा रहेकी छिन् । यस्तै राधा चाैधरी संयाेजक रहेकाे ४ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब आर्चायकाे अध्यक्ष्यतामा संम्पन्न भएको सभाकाे प्रमुख अतिथिकाे रुपमा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनाेज कुमार चाैधरी, पर्व अध्यक्षहरु भाेजराज अधिकार, बासुदेब जंगली, बाल ताराका पुर्ब प्रअ तुलसीराम अधिकारी, सल्लाहकार समितिका सदस्य तथा चन्दादाता पुनाराम अधिकारी, पुर्व प्रअ टाेपाराम भट्टराई, पुर्ब सदस्य तथा समाजसेवी पुनाराम चाैधरी, पुर्ब शिक्षक अभिभावक संधका अध्यक्ष मुम प्रसाद सुवेदी, पत्रकार श्रवण बस्नेत लगायतले बाेलेका थिए । विद्यालयकी प्रअ संम्झना शर्माले प्रगति प्रतिबेदन पढेर सुनाएकी थिइन् । पुर्ब प्रअ टाेपाराम भट्टराईले स्वागत गरेकाे कार्यक्रमकाे संचालन शिक्षक सुरेश शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे