स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुलाई बजारीकरण गर्न पहल गर्दै छाै : अध्यक्ष विष्ट



स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुलाई बजारीकरण गर्न पहल गर्दै छाै : अध्यक्ष विष्ट

सिसहनियाँ ९ मंसिर । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुलाई बजारीकरण गर्नका लागि गाउँपालिकाले पहल गरिरहेकाे बताएका छन् ।

शुक्रवार स्वच्छ व्यावसायी नेपाल ,स्वान नेपाल ,आइ.एम काे आयाेजना तथा राप्ती गाउँपालिकाकाे सहकार्यमा स्थानीय सिप संस्कृति तथा श्राेत मार्फत उद्योमशिलता विकास संगै बजारीकरण प्रवर्द्धन सम्बन्धि राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा साे कुरा बताएका हुन् ।

त्यस्तै कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका अध्यक्ष विष्टले यस क्षेत्रमा उत्पादित भएका बस्तुहरुकाे बजारीकरण गर्न सके मात्र उत्पादित बस्तुहरुले उचित मूल्य पाउने र उद्यमशिलकर्ताहरुकाे सम्मान हुने बताउदै त्यसकाे लागि छिटो भन्दा छिटो पालिकाले काम अघि बढाउने समेत बताए । कार्यक्रम स्वान संस्थाका काेषध्यक्ष राममाेती चाैधरीकाे अध्यक्ष्यता ,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख अाथित्यता तथा उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्र भित्रका कृषि संस्था तथा फर्महरुका प्रतिनिधि , उद्योग व्यावसायी,हाेटल व्यावसायी,कृषकहरुकाे उल्लेख्य सहभागीता रहेको थियो । साे अबसरमा कार्यक्रमका सहभागीहरुले राखेको जिज्ञासाहरुकाे बारे सम्बन्धित शाखाका प्रमुखहरु तथा जनप्रतिनिधिहरुले प्रष्ट पारेका थिए। स्वच्छ व्यावसायी नेपालका कार्यक्रम संयाेजक बासुदेव घिमिरेकाे विषय प्रवेश बाट शुरु भएको कार्यक्रममा उद्यमशील उत्प्रेरक राजन अधिकारीले सम्भावित व्यावसाय त्यसका चुनाैती र समाधानका उपायबारे जानकारी गराएका थिए भने कार्यक्रमकाे सहजीकरण स्वान संस्थाका कार्यक्रम संयाेजक रेमन्त चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे