LISTEN LIVE RADIO

भालुवाङ सहित दाङका सवै मतदान केन्द्रमा मत पेटिका र निर्वाचन अधिकृतकाे टाेली आइपुग्याे



भालुवाङ सहित दाङका सवै मतदान केन्द्रमा मत पेटिका र निर्वाचन अधिकृतकाे टाेली आइपुग्याे

भालुवाङ १ मंसिर । दाङका सवै मतदान केन्द्रमा मत पेटिका र निर्वाचन अधिकृत सहितकाे टाेली आइपुगेका छन् ।

मङ्सिर ४ गते हुन लागेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशको राजधानी भालुवाङ स्थित राप्ती गाउँपालिका १ पुलचोकको स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत विद्यालय सहित राप्ती गाउँपालिकाकाे सवै मतदान केन्द्रमा मतपेटिका सहित निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी लगायतका कर्मचारीहरू आइपुगेका छन् ।

जिल्ला भर तीन हजार ७ सय २० कर्मचारी र एक हजार ८ सय ६० स्वयंसेवक खटिएका छन्। जिल्लामा एक सय ५३ मतदान स्थलमा चार सय ६५ मतदान केन्द्र छन्। क्षेत्र नं. १ मा एक सय ५२ मतदान केन्द्र छन्। जहाँ करिब एक हजार दुई सय १६ कर्मचारी खटिएका छन्। क्षेत्र नं. २ मा एक सय ४५ मतदान केन्द्र छन्। जहाँ करिब एक हजार एक सय ६० कर्मचारी खटिएका छन्। क्षेत्र नं. ३ मा एक सय ६८ मतदान केन्द्र छन्। जहाँ करिब एक हजार तीन सय ४४ कर्मचारी खटिएका छन्। कर्मचारीसँगै करिब पाँच हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन भएका छन्। मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले पहिलो चरणमा सर्वदलीय छलफल गर्नेछन्।

मतदान केन्द्रहरुमा जनपथ प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायको बाक्लो उपस्थिति समेत रहेको छ । सुरक्षा अवस्था बारे स्थलगत अध्ययन गर्न भालुवाङमा रहेकाे स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत विद्यालयकाे मतदान केन्द्रमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक समेतको उपस्थिति रहेको थियो । भने नेपाली सेना बाहिरी घेरामा चौबिसैं घण्टा गोस्तीमा रहेको देखिन्छ ।

प्रदेश राजधानी पूर्वी द्वारकारुपमा रहेको भालुवाङ क्षेत्रका मतदाताहरू मङ्सिर ४ गतेको निर्वाचनका लागि वेग्र प्रतीक्षामा रहेका छन् भने उम्मेदवारहरू आज राति १२ बजे देखी सुरु हुने मौन अवधि पूर्व आज दिनै भरी र साँझ अबेर सम्म मतदाताहरूको घर आँगनमा मत माग्न व्यस्त देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे