LISTEN LIVE RADIO

नेपालमै केही गर्छु भनेर फर्किदा मलाई खाल्डाेमा हाल्ने हर्कतहरू भए : रवि लामिछाने



नेपालमै केही गर्छु भनेर फर्किदा मलाई खाल्डाेमा हाल्ने हर्कतहरू भए : रवि लामिछाने

काठमाण्डाै १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफूले जितेमा विदेशबाट आउने नेपालीलाई त्रिभुवन विमानस्थलमै भीभीआईपी प्रमाणपत्र दिएर आफैँले स्वागत गर्ने दाबी गरेका छन् ।

चितवनको नारायणी किनारमा आज बिहीवार भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले नेपालमै केही गर्छु भनेर फर्किँदा आफूमाथि अपमान, पीडा र खाल्डोमा हाल्ने हर्कतहरू भएको भन्दै विदेशमा बसेका नेपालीलाई आफूले जस्तो अपमान भोग्न नदिने बताए । विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित गरेर राखिएको भन्दै उनले आफ्नो पार्टीले जितेपछि विदेशमा बस्ने नागरिकले भोट हाल्न पाउने अधिकार सुनिश्चित गर्ने बताए ।

कार्यक्रममा बाेल्दै लामिछानेले नागरिकता विवाद झिकेर फसाउन खाेजेकाे पनि बताए । उनले भने, ‘म सधैँ चक्रव्यूहमा रहने गरेकाे छु । अहिले पनि पनि मलाई चक्रव्यूहमा पारिएकाे छ । तपाईँहरूले घण्टीमा चिह्नमा मतदान गरेमात्रै चक्रव्यूह ताेड्न सम्भव हुनेछ ।’ आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने उनकाे भनाइ थियाे । अध्यक्ष रवि लामिछानेले क्षमतावानलाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आह्वान गरे । प्रलोभनमा नपरि मतदान गर्न उनकाे आग्रह थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे