दाङ क्षेत्र नं. १ मा चुनावी घरदैलाे तीब्र, एमालेका उम्मेदवारहरु नागरिकका समस्या बुझ्दै



दाङ क्षेत्र नं. १ मा चुनावी घरदैलाे तीब्र, एमालेका उम्मेदवारहरु नागरिकका समस्या बुझ्दै

देउखुरी २६ कार्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो भेटघाट तथा चुनावी सभा कार्यक्रमलाई तीव्रता दिएका छन् ।घरदैलो, भेटघाट तथा चुनावी सभा  कार्यक्रमलाई तीव्रता दिने क्रममा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका लागि   क्षेत्र नं. १ मा उम्मेदवारी दिएकी शान्ता चाैधरी र प्रदेशसभा सदस्य पदका लागि   क्षेत्र नं. १ क मा गंगाराम भट्टराई तथा  १ ख मा कुलबहादुर केसी अहिले आफ्नो क्षेत्रका विभिन्न वडाहरुमा मतदाताहरुसँग घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी शान्ता चाैधरी, प्रदेशसभा सदस्य पदका उम्मेदवार गंगाराम भट्टराई,  लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार कुलबहादुर केसीले मतदातासँग मत माग्ने क्रममा मतदाताहरुले आफ्ना समस्याहरु उम्मेदवारहरु सामु राख्ने गरेका छन् ।

मतदाताहरुले स्थानीयस्तरका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिदिन माग गर्दै उम्मेदवारहरु समक्ष माैखिक रुपमा माग गर्ने गरेका छन् । मतदाताहरुले भुमिहिन सुकुम्बासी समस्या, लालपुर्जा, बाटाेघाटाे, सिचाइ, खानेपानी, विधुत स्वास्थ्य सेवा, मलखाँद, शिक्षा लगायतका थुप्रै माग गरेका छन् । ती मागहरुलाइ एमालेका उम्मेदवारहरुले आफूहरुलाइ जिताए यी सवै समस्या हल गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे