राप्ती नदीमा नुहाउन गएका बालक डुवेर बेपत्ता, खोजी कार्य तीव्र



राप्ती नदीमा नुहाउन गएका बालक डुवेर बेपत्ता, खोजी कार्य तीव्र

भालुवाङ २६ कार्तिक । दाङको देउखुरीमा एक बालक नुहाउने क्रममा राप्ती नदीमा डुवेर वेपत्ता भएका छन् ।

गढवा गाउँपालिका वडा नम्बर १ बड्हरा निवासी रामगोपालका छोरा वर्ष १६ का निश्चल यादवको शनिवार मध्यान्न १२ः१५ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर १ बड्हरा स्थित झोलुङगे पुल नजिक राप्ती नदीमा नुहाउने क्रममा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । साथी सँग कपाल कटाएर राप्ती नदीमा नुहाउन गएका बालक नदीमा डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए ।

खवर पाए लगत्तै नेपाल प्रहरी, ससत्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि अहिले सम्म ती बालक फेला परेका छैनन् । वेपत्ता बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत रहेका छन् । साथै बेपत्ता बालकको खोजी कार्यमा सहयोग गरिदिन जेठा बुवा रामसुरत यादवले सवैमा आग्रह समेत गरेका छन् ।

यसै बीच लमही नगरपालिका वडा नम्बर ४ सेमरहवामा राप्ती नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । शनिवार ११ ः ४५ बजेको समयमा नुहाउन गएकी सोही ठाउँ निवासी अंकिता चौधरीको राप्ती नदीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । साथीहरु सँग नुहाउन गएकी ती बालिका डुवेर वेपत्ता भएकी थिइन् । वेपत्ता बालिकाको साढे २ बजे बगेको स्थान देखि करिव ४÷५ किलोमिटरको दुरीमा शव बगिरहेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे