LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाले प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने



राप्ती गाउँपालिकाले प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने

सिसहनियाँ २६ कार्तिक । दाङको राप्ती गाउँपालिकाले प्राविधिक धारको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ।

छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि निर्माण गरेर आर्थिक रूपमा विपन्न, दलित, मुक्त कमैया , द्वन्द्वपीडित समुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको हाे। प्रविधि,फार्मेसी,बिएसी. एजी.,वि भि एस्सी एण्ड ए. एच,विएसी. नर्सिङ, वि.इ.,वि.डि. एस.,वि.पि.एच. अध्ययनका लागि छात्रवृत्ति दिइने गाउँपालिकाले जनाएको छ।

आर्थिक अभावमा गाउँपालिकाका कुनै पनि विद्यार्थीले प्राविधिक शिक्षा पढ्न वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो छात्रवृत्ति दिन थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ। डिप्लोमा तहको पढाई मा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्ने छ,भने स्नातक तह को पढाईमा ५०% छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

छात्रवृत्ति पाउनका लागि राप्ती गाउँपालिकाको स्थायी बासिन्दा भई गाउँपालिकाभित्र रहेका विद्यालयमा र बाहिरी जिल्लामा गएर प्राविधिक धारको विषयमा अध्ययन गरेका दुवैले छात्रवृत्ति पाउने कार्यविधिमा जनाएको छ। अध्यक्ष विष्टले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण क्षमता कुण्ठिएर बसेका विद्यार्थीको क्षमता प्रस्फुटनका लागि छात्रवृत्ति दिन थालेको भन्दै यो निरन्तर रहेक वर्ष प्रदान गरिने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे