LISTEN LIVE RADIO

गठबन्धनकाे चुनावी कार्यक्रम तीब्र, एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश



गठबन्धनकाे चुनावी कार्यक्रम तीब्र, एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

सिसहनियाँ २६ कार्तिक । दाङ क्षेत्र नम्बर १ मा गठबन्धनकाे चुनावी कार्यक्रम तीब्र रुपमा अगाडी बढेकाे छ । शुक्रवार र शनिवार दाङ क्षेत्र नम्बर १ काे क  अन्तरगत राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा साँस्कृतिक कार्यक्रम सहितकाे चुनावी सभा भएका छन् ।

सभाहरुलाइ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मेटमणि चाैधरी प्रदेश सभा सदस्य पदका उम्मेदवार इन्द्रजित थारु लगायतले सम्बाेधन गरेका थिए । सभामा बाेल्दै दुवै उम्मेदवारले देशकाे सच्चा विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाइ विजय गराउन अाग्रह गरेका थिए ।

यसै बीच चुनावको मुखमै एमाले परित्याग गरी १ सय भन्दा बढी नेता कार्याकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाकाे राप्ती गाउँपालिकामा एमाले पार्टी परित्याग गरि १ सय भन्दा बढी स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। राप्ती गाउँपलिका वडा नं.७ अर्नाहनपुरमा एक कार्यक्रमको आयोजना गरी पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्वर १ (क) बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार इन्द्रजित थारुले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

राप्ती गाउँपालिका -७ अर्नाहनपुरका नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सदस्य माधव चाैधरीकाे नेतृत्वमा करिब १ सय युवा नेता तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा भक्तराम चाैधरी, सविन चाैधरी, दिपेन्द्र चाैधरी, सुदिप चाैधरी, सुजल चाैधरी, अरविन चाैधरी, सुकराम चाैधरी, महेन्द्र चाैधरी, प्रकाश भुषाल, दुखीराम चाैधरी, समिर चाैधरी, सन्ताेष चाैधरी, अनुप चाैधरी, भाेला प्रसाद चाैधरी, श्यामकृष्ण डागी, रविन पुजाली लगायतका रहेका छन्।

नवआगन्तुकहरुलाई उम्मेदवार थारुले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको कार्यमा जुट्न समेत अनुरोध गर्नु भएको छ। सो कार्यक्रममा उम्मेदवार थारुले आफू पदमा रहँदा वा नहुँदा पनि सधैँ जनताको सेवामा रहेको बताउदै आगामी चुनावमा मतदान गरी आफूलाई बिजयी बनाई पुनस् काम गर्ने ठाउँमा पुर्‍याउन अग्रह समेत गरेका छन् ।

नेकपा माओबादी केन्द्र राप्ती गाउँपालिकाका कार्यबाहक अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा र पार्टी सचिव तुला गिरीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सभाका दाङ क्षेत्र नम्बर १ क का समानुपातिक उम्मेदवार लक्ष्मी चौधरी, माओबादी केन्द्रका नेता होम प्रसाद शर्मा, चित्र बहादुर थापा मगर, रणप्रसाद सुवेदी, जगत थापा, राष्ट्रिय उद्योग ब्यापार संगठन राप्तीका अध्यक्ष गन्ज बहादुर विष्ट, योङ कम्युनिस्ट लिकका जिल्ला सदस्य ज्ञानु केसी, गाउँपालिका उपाध्यक्ष सरद गिरी लगायतको सहभागीता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे