LISTEN LIVE RADIO

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज आर्मी र एपीएफ क्लब खेल्दै



प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज आर्मी र एपीएफ क्लब खेल्दै

काठमाण्डाै २६ कार्तिक । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् । दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो । आर्मी र एपीएफ तेश्रो पटक फाइनलमा खेल्न लागेका हुन् ।

सन् २०१८ को दोस्रो संस्करणको फाइनलमा एपीएफले ६ विकेटले जितेको थियो भने २०२१ को फाइनलमा आर्मीले ३३ रनले जित निकालेको थियो ।  प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे