LISTEN LIVE RADIO

लालमटिया साना किसान कृषि सहकारी संस्थाको साधारणसभा तथा अधिबेशन सम्पन्न



लालमटिया साना किसान कृषि सहकारी संस्थाको साधारणसभा तथा अधिबेशन सम्पन्न

लालमटिया १९ कार्तिक । दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थीत लालमटिया साना किसान कृषि सहकारी संस्थाको ५ औँ वार्षिक साधारणसभा तथा पहिलो अधिबेशन शनिबार लालमटियाको महिला भवनमा सम्पन्न भएको छ ।

 

संस्थाकी अध्यक्ष बिष्णा न्यौपानेको अध्यक्षतामा एवम् नेपाल कृषि सहकारी संघका केन्द्रिय लेखा सदस्य चिरन्जीवी केसीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रमुख अतिथी लेखा सदस्य केसीले भाका नागेको ऋणलाई असुल गर्न र ब्याज शुन्य बनाउन आग्रह गर्नु साथै चार बर्ष अथक प्रयास गरेर संस्थालाई यहाँ सम्म ल्याउने सबैलाई धन्यावाद समेत दिए ।

साधारणसभामा संस्थाकी अध्यक्ष न्यौपानेले २०७८/०८९को अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक सिता पोख्रेल लेखा प्रतिवेदन र कर्मचारी तर्फको प्रतिवेदन संस्थाकी प्रबन्धक कबिता अधिकारीले प्रस्तुत गरेका थिए ।

संस्थाकी सदस्य पिङ्की खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला कृषि संघ तथा प्रदेश कृषि संघका कोषाध्यक्ष पदमा आचार्य, साना किसान सहकारी संस्था लिमिटेड गोबरडियाका अध्यक्ष रामनारायण यादव र उरहरी साना किसान सहकारी संस्थाका प्रबन्धक अनुज केसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनले सिता पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ता पाण्डे र सदस्यहरूमा भुमा पौडेल, मिना रावत, लिला पोख्रेल, शुसिला चौधरी, गिता चौधरी, माया चौधरी, शान्ता गिरी, नैनावात चौधरी र विष्णा केसी तथा लेखा समितिमा प्रतिक्षा अधिकारीको संयोजकत्वमा मिना कुमाल र संगिता चौधरीलाई समेत चयन गरेको छ ।

सो अवसरमा नवनिर्वार्चित नयाँ कार्यसमितिका पदाधिकारीलाई नेपाल कृषि सहकारी संघका केन्द्रिय लेखा सदस्य चिरन्जिवी केसीले सपथ ग्रहण गराएका थिए । सो अवसरमा समुह नंम्बर १ की सदस्य छबि सार्कीलाई दोसल्ला ओढाएर र बालटी प्रदान गरेर सम्मान गरिएको थियो ।

सहकारीले अहिले सम्म जम्मा ७९ समुह बनाई ४६५ जना सदस्यहरु आबद्ध रहेका छन् । कार्यक्रमको संञ्चालन संस्थाकी प्रबन्धक कबिता अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे