LISTEN LIVE RADIO

दाङको राप्ती गाउँपालिका र लमहीमा नमुना मतदान



दाङको राप्ती गाउँपालिका र लमहीमा नमुना मतदान

लमही १८ कार्तिक । दाङको राप्ती गाउँपालिका र लमहीमा शुक्रवार नमुना मतदान गरिएको छ ।  मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरी नमुना मतदान अभ्यास गरिएको हाे ।

राप्ती गाउँपालिका वडा नम्बर ४ काे मावि माैरीघाट सेन्टरमा नमुना मतदान गरिएको छ । नमुना मतदानमा ८९ मत खसेकोमा प्रतिनिधि सभा सदस्य तर्फ ७५ मत सदर १४ मत बदर समानुपातीकमा ८२ मत सदर ७ मत बदर भएकाे थियाे भने प्रदेश सभा तर्फ ८६ मत सदर ३ मत बदर समानुपातीकमा ८६ मत सदर ३ मत बदर भएकाे नमुना मतदान शाखा अधिकृत विश्वास विकले जानकारी दिएका छन् । यता लमहीकाे सार्वजनिक बगैचामा शुक्रबार भएकाे नमुना मतदानमा कुल ६३ मत खसेकोमा ५७ मत सदर भएको र ६ मत मात्रै बदर भएको मतदान अधिकृत रबिन्द्र क्षेत्रीले जानकारी दिएका छन् । स्थानीय बजारबासीहरुले यस पटककाे मतदान पहिलाे नयाँ अभ्यास भएकाले चार वटा छुट्टाछुट्टै मतपत्रमा चार वटा स्वच्छिक छाप लगाउनुपर्ने छ । भने गएकाे २०७४ सालकाे निर्बाचनमा तीन वटा छुट्टाछुट्टै मतपत्रमा तीन ठाउँमा मात्रै मत दिनु पर्ने ब्यबस्था मिलाइएको थियाे ।

नयाँ मतदान अनि नयाँ अभ्यास भएकाले पनि स्थानीय नागरिकको उत्साह बढि थियाे । जुन शुक्रबार जारी भएको नमुना मतदानले पनि प्रस्ट पारेको छ । जनता मतदान गर्न आत्तुर रहेकाे शुक्रबार जारि मतदान छर्लङ्ग पारेको देखिन्छ । लमही नगरपालिका ९ वटा वडामा मात्रै कुल ११ वटा मतदान केन्द्र रहेको बुझिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे